वराहक्षेत्र । नगरपालिकाको वडा नम्बर १ स्थित वराहक्षेत्र मन्दिरमा उठ्ने गरेको भेटीको व्यवस्थापनमा नगरपालिकाले चासो दिएको छ । उठ्ने भेटिएको सम्बन्धमा नगरपालिकाले जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्थासँग शुक्रबार छलफल गरेको छ ।

मन्दिरमा सङ्कलन हुने भेटिलाई पारदर्शी र कुशल व्यवस्थापन गर्न तर्फ नगरको आग्रहलाई जनप्रतिनिधि, राजनीतिक र संस्थाले समर्थन जनाएका छन् ।

मन्दिरमा संकलन हुने भेटी हाल पुजारीले नै उपयोग गर्दै आएको र स्थानीय सरकारले यसको व्यवस्थापन गर्नु पर्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए ।  मन्दिरमा उठ्ने भेटीलाई गुठी मार्फत  व्यवस्थापन गरेर पुजारीलाई पारिश्रमिकको व्यवस्था गरिनु पर्ने अध्यक्ष श्रेष्ठको भनाई रहेको थियो ।

मेयर रमेश कार्कीले मन्दिरको भेटीको व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग समन्वय गरी नगरपालिकाले कार्यविधि बनाउने बताएका छन्  । अहिलेसम्म मन्दिरमा सङ्कलन हुने भेटिएको  सार्वजनिक नगरिएको बताउँदै वडा नम्बर १ का अध्यक्ष कसिन मगरले गुठी संस्थासँग मिलेर  व्यवस्थापन गर्नुपर्ने बताए ।

 वडा नम्बर १ को नेपाली काङ्ग्रेस सभापति इश्वर थापा, नेकपा एमाले अध्यक्ष कृष्ण कट्टेल, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज  पुष्प ढुङ्गानाले मन्दिर को उठ्ने भेटीको व्यवस्थापन आम्दानी तथा खर्चको र सार्वजनिक गरिनुपर्नेमा जोड दिएका छन् ।