श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २३ गते सोमबार, ६ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०२ः३४ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र अश्लेषा १५ः१६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४७ बजे र सूर्यास्त ०५ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन् । कामका चुनौती पन्छाउन निकै मेहनत गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ । अरूको विश्वास गर्दा धोका हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। पहिले गुमेको स्थान प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भेटघाटले अवसर दिलाउनेछ । निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको फाइदाका लागि उपयोग भइएला । तर, आलश्य त्यागेर मिहिनेत गर्दा लाभ उठाउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले हात झिके पनि काम सम्पादन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान–सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्य गर्न सम्पादन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। वैदेशिक यात्राको योग रहेको छ।