श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २४ गते मङ्गलबार, ७ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको द्वितीया तिथि भोलि ०४ः४२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मघा १७ः५६ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । विश्वासपात्रबाटै धोका हुनसक्छ, सजग रहनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समयमा निर्णय लिन नसक्दा काम रोकिन सक्छ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइको सहयोग जुट्नेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । समय राम्रो छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनले नयाँ गति लिनेछ । लेखनकलामा निखारता आउनेछ।अध्ययनमा प्रगति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजको मिहिनेतले दिगो फाइदा दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । व्यवसायतर्फ पनि पहिलेको उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थिति केही असहज बन्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रनाले काम रोकिन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिछोडिएका आफन्त नजिकिनेछन् । दिगो योजना प्रारम्भ हुने समय रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तजनबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ ।