श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २५ गते बुधबार, ८ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्ण पक्षको तृतीया तिथि भोलि ०६ः३६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वफाल्गुनी २०ः२४ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः४६ बजे र सूर्यास्त ०५ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालनमा लाभ मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। रोकिएको काम बन्नाले नयाँ काम थालनी गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि पछि काम बन्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्यालु मन भएकाहरूले सताउलान्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।मेहनतले सम्मानित स्थानसमेत दिलाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान–सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसमेत सम्पादन हुनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।