विषय प्रवेशः
हामी पुँजीवादी लोकतान्त्रिक समाज(व्यवस्थाको अभ्यासमा रहेका छौं । राष्ट्रिय राजनीति संसदीय प्रणालीद्वारा निर्देशित रहेकोछ । मूलतः संसदीय प्रक्रियामा बहुदलीय प्रतिस्पर्धा, बालिग मताधिकारको आधारमा आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, मानवअधिकार, सामाजिक न्याय र सुशासनको वकालत गरिन्छ । यी लोकतन्त्रको सैद्धान्तिक, नीतिगत तथा आदर्शगत आधारभूत अवधारणाहरू हुन् । तर, आज यस्ता स्वादिलो र गुलियो शास्त्रीय दिव्यवाणीहरूको पर्दाभित्र विभिन्न स्वार्थगत हर्कतहरूमा सीमित हुँदैगइरहेको छ संसदीय लोकतन्त्र । अर्थात् आ–आफ्नै निहीत स्वार्थहरूमा यसको चरम् अपव्याख्या हुन थालेको छ । यो असाध्यै विकृत बन्दै गइरहेको छ । अर्थात् जनअपेक्षा र समय सापेक्ष यसको रूपान्तरण अनिवार्य हुँदै गइरहेको देखिन्छ ।
नेपालमा संसदीय प्रणालीको अभ्यास आरम्भ भएको पनि तीन दशक बढी भइसकेको छ । यो अवधिमा यसले जनताका उन्मुक्तिका कुरा, स्वतन्त्रता, समानता, न्याय, जनजीविका, विकास, समृद्धि र सुखी नेपालीको धेरै वकालत गरिएको छ । जनतालाई यो दिन्छौं, त्यो दिन्छौं अनि यो गर्छौं त्यो गर्छौं भनेको पनि अति नै भइसकेको छ । चुनावमा गरिएका सम्पूर्ण वाचा–कसमहरूको विवरणलाई अभिलेखीकरण गर्ने हो भने फाइलको भण्डारण क्षमताले धान्नेवाला छैन । जनताले यस्ता धेरै चुनावहरू झेलिसकेका छन् अनि सुगरकोटेड खोक्रो आश्वासनहरू धेरै पचाइसकेका छन् । तर, जनताका चाहना र संसदीय लोकतन्त्रको अर्थराजनीतिक कार्यसम्पादनबीच सन्तुलन देखिँदैन । अर्थात् जुन रूपमा जनताका उपभोगवादी लालसा र भावना उर्लिरहेको छ, त्यही अनुपातमा राजकीय दायित्व पुगिराखेको छैन ।
पछिल्लो विकसित राष्ट्रिय राजनैतिक घटनाक्रमहरूलाई नियाल्दा संसदीय प्रणाली झनै गलत दिशातर्पm गइरहेको आभास हुन्छ । न्यूनतम्रूपमा स्थायित्वको लागि बहुमत आवश्यक हुन्छ । आज संसदीय राजनीतिले जसरी पनि बहुमत पु¥याउने खेलमा आप्mनो मूल्य–मान्यताहरूलाई लिलाम गरिरहेको छ । बहुमत पु¥याए पनि समस्याको हल भइराखेको छैन । अल्पमत हुँदा त झन् हुने कुरै भएन । विडम्बना नै भन्नु पर्छ, बहुमत पुग्यो भत्काउने खेल हुन्छ, पुगेन पु¥याउने अर्को रणनैतिक खेल हुन्छ । मिल्यो फुटाउने चलखेल हुन्छ । झगडा ग¥यो झनै बल्झाउने जालझेल हुन्छ । पुरानोले गरेन नयाँले गर्छ कि अनि एबीसीडीले गरेन अरूले गर्छ कि भनेर अमुक पार्टी र व्यक्तिभित्र विकल्प खोज्दा अहिलेसम्म समाधनमुखी वा वस्तुवादी विकल्प भेटिएको छैन । नयाँले गर्छ कि वा अर्कोले पो गर्छ कि, भन्ने बनिबनाउ विकल्पमा हाम्रो राजनीति घुमिरहेको छ । तर, अहिलेसम्म सही विकल्प फेला परेको देखिँदैन । यसले दुइटा आयामलाई आकर्षित गर्दछ । एउटा यसलाई हामीले उपयोग गर्न जानेनौं भनेर स्वीकार गर्न सकिन्छ । अर्को यो अब असफल हुँदैछ, यसकारण यसको सही विकल्प खोज्नु पर्दछ भनेर बहस गर्न सकिन्छ ।
वस्तुतः जनताले विकल्प खोजेको देखिन्छ । तर, उनीहरूले प्रणालीमा नभएर अमुक पार्टी, गुट र पात्रमा विकल्प खोजिरहेका छन् । सारभूत कमजोरी यहीँनेर भइरहेको छ । यही सिलसिला अन्तर्गत उनीहरूले नयाँ पार्टी, गुट, व्यक्ति, युवा र स्वतन्त्र भन्दै बरालिने र बहकिने क्रम बढिरहेको छ । उनीहरू जति जति नयाँ पार्टी, पात्र र युवा जस्ता बनिबनाउ विकल्पहरूमा बहकिन्छन्, त्यति नै राष्ट्रिय राजनीति झनै विकृत र अराजक बन्दैगइरहेको छ । यसले पो गर्छ कि उसले पो गर्छ कि भन्दाभन्दै पुस्तौंपुस्ता बित्ने देखिन्छ । तर, समग्र यात्रा समाधानको दिशातिर छैन । यद्यपि जनताका स्तरबाट यस्तो बालसुलभपन राख्नु अन्यथा होइन । किनकि उनीहरू सबैलाई प्रणाली के हो ? चुनाव के हो ? पार्टी र पात्र के हो ? त्यसमध्ये पनि सबैभन्दा निर्णायक कुन हुन्छ भन्ने न्यूनतम् राजनैतिक सचेतना नभएसम्म जनस्तरबाट गरिने पैmसलाहरू सही नै हुन्छन् भन्ने वस्तुगत आधार हुँदैन ।
तर, अब जनताले पनि सत्य–तथ्य बुभ्mनु पर्दछ । पद्दति, पार्टी, पात्र, पुरानो, नयाँ, बूढा र तन्नेरीको भूमिका कति हो भनेर खुट्याउनु पर्दछ । सही र गलत छुट्याउनु पर्दछ । प्रणाली र सरकार वा राज्यसत्ता र सरकारको अन्तरलाई चिरफार गर्नुपर्दछ । कुन दृष्टिकोण, विचार, कार्यदिशा, कार्ययोजना र कार्यक्रम सही छ भन्ने ज्ञान राख्नु पर्दछ । अग्रगामी र पश्चगामी, जनपक्षीय र जनविरोधी, देशभक्त र देशद्रोही, ढोङ्गी र सक्कली, अभिनय र यथार्थ, बोली र व्यवहार, भनाइ र गराइ सुगरकोटेड नारा र धरातलीय कार्यदिशागत प्रक्रिया, योजना विन्यास र कार्यान्वयन अनि लोलीमा बोली र धरातलीय जीवन व्यवहारलाई राजनैतिकरूपमा राम्रोसँग पहिचान गर्नसक्ने सचेत नागरिक हुनु भनेको लगभग आधा समस्या स्वतः समाधन हुनु हो । भन्नुको मतलव तपाईं हामीले कुनै पनि वस्तु, सत्ता वा व्यक्तिप्रति वस्तुवादी भएर विश्लेषण र व्याख्या गर्नु पर्दछ । तब मात्र तथ्यमा पुग्न सकिन्छ । तथ्यमा पुगेर मात्र समस्याको जरा पत्तो लगाउन सकिन्छ ।
वास्तवमा आज जुन ढङ्गले मतदाताहरू बहकिन र बरालिन थालेका छन्, त्यो राजनैतिक सचेतनाकै कमी हो । उनीहरूमा पार्टी, पात्र, र स्वतन्त्रहरू खास राजनैतिक दृष्टिकोणद्वारा निर्देशित पद्दतिभन्दा दायाँ–बायाँ जान सक्दैनन् भन्ने सामान्य ज्ञान देखिँदैन । तब उनीहरू अमुक पार्टी, पात्र, गुट, पुरानो, नयाँ, बूढो र तन्नेरीहरूलाई विकल्पको रूपमा उभ्याउने गर्दछन् । उनीहरूलाई त्यस्ता पार्टी र पात्रहरूलाई प्रणालीले दिशानिर्देश गरिरहेको हुन्छ भन्ने गाँठी कुरा थाहा हुँदैन । वस्तुतः यो उनीहरूमा विद्यमान रहेको राजनैतिक अल्पज्ञानबाट पैदा भएको दृष्टिदोष नै हो । एकपछि अर्को जति नै नयाँ पार्टी र पात्रहरू आए पनि समस्या भने जहाँको त्यही कायम रहनु यसैको उपज हो । उनीहरू भने आवेगमा भौंतारिँदै झनै अरू नयाँ–नयाँ पार्टी र पात्रहरूको निरपेक्ष विकल्पमा लाग्दछन् । यही मेसोमा राजनैतिक परिदृश्यमा श्रम नगरेका, नदेखिएका वा नचिनिएका पार्टी र पात्रहरू फिल्मीशैलीमा अभ्युदय हुने गर्दछ । यो वर्तमान हाम्रो राष्ट्रिय राजनीतिको यथार्थ परिदृश्य हो ।
यता जनतालाई प्रणाली र पद्दतिको सन्दर्भमा पर्याप्त सचेतना हुन्थ्यो भने उनीहरूले संसदीय प्रणालीमाथि प्रश्न गर्ने थिए । पद्दति प्रधान रहेछ भने पार्टी र पात्र सहायक रहेछ भन्ने सत्य कुरा बुभ्mने थिए । प्रणालीलाई विघटन नगरेसम्म जो गए पनि अन्ततः उही ड्याङको मुला हुने रहेछ भनेर जान्ने थिए । संसदीय पद्दतिको विकल्प खोज्ने थिए । यति धेरै तिकडमबाजी गरेर चुनाव जित्ने, अरू धेरै तिकडमबाजी गरेर सरकार बनाउने अनि अभैm महाजालझेल गरेर सरकार टिकाउने, भत्काउने अनि काम कारबाही चाहिँ औसत पुरानै हुने भनेपछि समस्या पार्टी र पात्रमा भन्दा पनि प्रणालीमा रहेछ भन्ने मर्मबोध हुने थियो । तर, यसमा साधारण जनतालाई धेरै दोष दिने ठाउँ छैन । किनभने उनीहरूलाई प्रणाली भनेको के हो ? पद्दति, पार्टी र पात्रमा कुन सबैभन्दा महŒवपूर्ण हुन्छ ? संसदीय व्यवस्था कस्तो पद्दति हो । यसको सबल र दुर्बल पक्षहरू के के हुन् ? भनेर अहिलेसम्म कुनै पनि किसिमको स्कुलिङ र प्रशिक्षणहरू भएको पाइँदैन । बरु उल्टै पुँजीवादी लोकतन्त्रमा आधारित संसदीय प्रणाली संसारकै सबैभन्दा राम्रो वा उन्नत शासन व्यवस्था हो । कम्युनिष्टहरू सबै असफल भए । यसको अर्को कुनै विकल्प छैन भनेर घोकाएका छन् । तब प्रणालीमाथि कसरी प्रश्न गर्न सक्छन् । कसरी बुभ्mछन् जनताले प्रणाली प्रमुख हो भने पार्टी र पात्रहरू सहायक हुन् भनेर । यसैको दुष्परिणाम आज तपाईं हाम्रो राजनीति झनै अनिर्णय, अन्यौलता र अस्थिरताको चक्रव्यूहमा फस्दै गइरहेको छ ।
यसकारण जनतालाई खास राजनैतिक दृष्टिकोणद्वारा निर्देशित पद्दति प्रधान हुन्छ र पार्टी, पात्र, बूढो र तन्नेरी सहायक हुन्छ भनेर बुझाउनु पर्दछ । होइन भने बहकिएका र बरालिएका मतदाताहरूले कुनै अमुक पार्टी र पात्रहरूलाई महŒवाकाङ्क्षी शिखरमा पु¥याउलान्, पद, पावर र प्रतिष्ठाको भ¥याङ चढाउलान् । उनीहरूले पनि यो वा त्यो मिडिया स्टन्टबाजी र सस्तो ढोङमार्पmत् बहुमत ल्याउलान् । सरकार बनाउलान्, सत्ता भोगविलासमा रमाउला, नाम वा प्रतिष्ठा पनि कमाउला अनि सामाजिक सञ्जालमा वाहवाहीसहितको राम्रै कभरेज पनि पाउला । तर, नेपाली राष्ट्रिय राजनीतिक आकाशमा मडारिएको कालो बादल हट्नेवाला छैन । बेथिति थितिमा आउनेवाला छैन । अस्थिरतामा स्थिरता भेटिने छैन । गोलचक्करमा रुमल्लिएको राजनीतिले गति पक्रनेवाला छैन । राजनैतिक तिकडमबाजी र खिचातानी साम्य हुनेवाला छैन । मौजुदा दृष्टिकोणीय प्रणालीमा जुन जोगी आए पनि खरानी धसाइमा तलमाथि होला तर सोच, चिन्तन र जीवन–व्यवहारको दृष्टिबाट उनीहरू सबै उही ड्याङको मुला नै हुनेवाला छ । किनभने ती सबै जोगीहरू एउटै औसत जोगी मूलमन्त्रद्वारा निर्देशित छन् ।
तसर्थ, हाम्रो मुख्य समस्या राजनैतिक दृष्टिकोणद्वारा निर्देशित पद्दतिमा हो । पुँजीवादी लोकतन्त्रमा हो । संसदीय पक्रियामा हो । यही प्रणाली जीवित रहेसम्म जति नै नयाँ–नयाँ पार्टी र व्यक्तिहरूलाई अवसर दिए पनि औसत परम्परामा गुणात्मक परिवर्तन हुने सम्भावना देखिँदैन । त्यसैले अब बहस नयाँ पार्टी र पात्रहरूलाई शृङ्खलाबद्धरूपमा पालो पु¥याउने वा स्वाद चखाइरहनेभन्दा पनि राजनैतिक प्रणालीको खोटमा समेत बहस गर्नुपर्ने ऐतिहासिक आवश्यकता भइसकेको छ । किनभने राम्रो जोगी हुनको लागि जोगीमन्त्र वा विचार पनि उन्नत, प्रगतिशील वा राम्रो चाहिन्छ । उही औसत जोगीमन्त्र सिकेका सयौं नयाँ जोगीलाई सत्तामा पु¥याए पनि आखिर गर्ने यस्तै औसत काम नै हो । त्यसैले संसदीय लोकतन्त्रलाई निर्विकल्प भन्नेहरूलाई कि त रूपान्तरणसहितको संसद्वाद चाहियो भनौं कि त यसको प्रगतिशील विकल्प खोजौं । एउटा संसदीय लोकतन्त्रको विकल्प अर्को संसदीय लोकतन्त्र हुन सक्दैन । यसको एकल तथा उन्नत साझा विकल्प भनेको समाजवाद नै हो । जनतालाई चेतना भया !