श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २७ गते शुक्रबार, १० फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको चतुर्थी तिथि ०८ः१२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र हस्ता भोलि ००ः३० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ ज्ञान सिक्ने समय छ । धनको उपयोगबाट विशेष फाइदा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्याङ्कन होला । मिहिनेतले आम्दानी बढाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन उत्साहवद्र्धक रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन् । शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खर्च लागे पनि टाढाको यात्रा अघि बढ्न सक्छ। पछिका लागि राम्रो सम्भावना भए पनि सोचेको फाइदा नहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। आयस्रोत कमजोर रहनाले काममा बाधा होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा चिताएको योजना सफल हुनेछ।