पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकाका पूर्व प्रमुख स्व. अमर नेम्बाङ लिम्बु स्मृती स्रष्टा पुरस्कारबाट बरिष्ठ साहित्यकार श्रवण मुकारुङ र प्रेम ओझालाई प्रदान गरिएको छ । मुकारुङ र ओझालाई साहित्य क्षेत्रबाट समाजमा अतुलनीय योगदान पुर्याएको भन्दै नेम्बाङको चौथो स्मृतीको अवसरमा जनही ५० हजारको दरले पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । 

फाल्गुनन्द गाँउपालिका प्रथम पालिका अध्यक्ष समेत रहेको स्वर्गीग नेम्बाङको नाममा स्थापना गरीएको साहित्य पुरस्कार हो । सोहि स्थानीय तहले पुरस्कार तथा कार्यक्रम सहयोग गरेर गतवर्ष यस पुरस्कारबाट लेखकद्वय शारदा सुब्बा र बिना थिङ पुरस्कृत भएका थिए । त्यस्तै २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो । 

अम्मर नेम्बाङ लिम्बुले राजनैतिक, सामाजिक र साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनको स्मृतिमा कोष स्थापना गरी प्रत्येक बर्ष दुइ जना श्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । नेम्वाङ फाल्गुनन्द गाउँपालिका अध्यक्ष भएकै समयमा निधन भएको थियो ।