श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल माघ २९ गते आइतबार, १२ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको षष्ठी तिथि १०ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र स्वाती भोलि ०२ः४५ बजेसम्म, विशाखा, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः४३ बजे र सूर्यास्त ०५ः५२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नसक्छ । प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु होला। काममा साथीभाइको सहयोग जुट्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ । ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । विश्वासपात्रले समेत धोका दिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सफल पार्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले उपलब्धि दिलाउनेछ । लेनदेनको हिसाबमा होसियार रहनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
 ठूलो उपलब्धि नभए पनि पहिलेको साख जोगाउन सकिनेछ।गोप्यता बाहिरिनाले समस्या आउला । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ईष्र्या गर्नेहरूले सताउन सक्छन् । श्रमको पूरा मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ।उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।