विराटनगर । विराटनगर १८ लावाघाटमा सवारी दुर्घटनामा परी एक जना सुरक्षा सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार राती आईसिबी बिराटनगर सडक खण्डमा  भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका १३ चार आलि घर भएका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको हो ।

सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत थिए । सुदर्शनले उनलाई आइसिपीमा डियुटि खटाएको थियो । डियुटि सकेपछि बैङ्कमा पैसा झिक्न स्वकुटि लिएर गएका थिए । उनी चढेको  मे १० प ९१६१ नम्बरको स्वकुटीलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो ।

भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । ठक्कर दिने चालक फरार छन् ।

फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ । अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ । मृतकको शव अहिले पोस मार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ ।

मृतक गिरीको  ४२ वर्षको श्रीमती, २३ बर्षिया छोरी र १६ वर्षको छोरा रहेका छन् ।