श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १ गते सोमबार, १३ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको सप्तमी तिथि १०ः०७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र विशाखा भोलि ०२ः५४ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः४२ बजे र सूर्यास्त ०५ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य काममा सञ्चित रकम खर्चनुपर्ने हुनसक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर–व्यवहारमा समस्या निम्त्याउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिने समय छ। काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरू समेत टाढा हुने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक काम बीचैमा रोकिन सक्छ। परिस्थितिले काममा अलमल्याए पनि मिहिनेत गर्दा फाइदा प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गरेका काम मुस्किलले सम्पादन हुनेछन् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। बेसुरमा वचन दिँदा अप्ठ्यारो पर्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्नेछ ।