श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २ गते मङ्गलबार, १४ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको अष्टमी तिथि ०९ः२६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अनुराधा भोलि ०२ः१८ बजेसम्म उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०६ः४१ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
महत्वाकाङ्क्षी योजना सार्वजनिक नगर्नु होला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहो¥याएर काम गर्नुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चिलो काम थाल्नाले समस्या पर्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनु पर्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वाकाङ्क्षी योजनाको थालनी हुनेछ । आँटले काम लिन नसक्दा केही पछि परिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् ।