धरान (ब्लाष्ट) हिमालयन बैंक लिमिटेड धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई स्वेटर वितरण गरेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित खुवाफोक मादेनका आठ सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सेवक अभियान धरानद्वारा आयोजीत न्यानो कपडा वितरण कार्यक्रममा बैङ्कले एक लाख ५० हजार रुपैयाँ बराबरको स्वेटर बितरण गरेको हो ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, वडा अध्यक्षहरु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षकशिक्षिका तथा विभिन्न संघसंस्थाका पदाधिकारी उपस्थित कार्यक्रममा हिमालयन बैंक धरान शाखाका प्रमुख रन्जित मार्सेली, जनसम्पर्क अधिकारी आयुष्मा शाक्य लगायत सहभागी थिए । कार्यक्रममा अर्बिन एण्ड बर्दस धरानले कापि वितरण गरेको थियो ।