विराटनगर । मोरङमा नियमित पाँच वर्षसम्म हात्तीपाइले विरूद्धको औषधी सेवन गर्ने न्यून रहेको पाइएको छ ।
मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना हात्तीपाइले विरूद्धको औषधी खुवाउने उमेर समूह रहेका मध्ये नियमित पाँच वर्षसम्म खाने १६.७८ प्रतिशत मात्र रहेको जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
मोरङमा १२ औं चरणको हात्तीपाइले विरूद्धको औषधी सुवाउने कार्यक्रम फागुन ११ गतेबाट सुरू गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । ‘मोरङमा सुरू हुन लागेको हात्तिपाइले विरूद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशतलाई औषधी खुवाउने लक्ष्य रहेको छ ।’
औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको उनले बताए । मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना हात्तीपाइलेवि?द्धको औषधी खुवाउने उमेर समूहको रहेको डा. मेहताले जानकारी दिए । जसमध्ये ८० प्रतिशत अर्थात ८ लाखलाई खुवाउने तयारी गरिएको उनले बताए ।
‘यो पटक प्रभावकारी रूपमा अभियान संचालन गरेर अर्को वर्षदेखि हात्तिपाइले विरूद्धको औषधी नखुवाउने लक्ष्य लिएका छौं,’ डा. मेतहताले भने, ‘यद्यपी यो अभियानमा सबैले औषधी सेवन गरिनुपर्दछ ।’ हात्तिपाइ रोग निर्मलु पारेर अगाडी बढन सबैको साथसहयोगको खाचो रहेको उनले बताए ।
‘सहरी क्षेत्रमा बसोवास गर्ने शिक्षित मानिसहरू पनि पनि लागूऔषध विरूद्धको औषधी सेवन गर्न नगर्ने परिपाटी रहेको छ,’ उनले भने, ‘ त्यसेले पनि हामीले लक्ष्य हासिल गर्न कठिन भएको छ ।’ अभियानमा २ हजार स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।