श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल फागुन ३ गते बुधबार, १५ फेब्रुअरी  २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको नवमी तिथि ०७ः५९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र ज्येष्ठा भोलि ०१ः०१ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४१ बजे र सूर्यास्त ०५ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ। कामको चाप बढ्नेछ भने विवादले मन खिन्न तुल्याउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिरिनाले समस्या पर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामान्य काममा धन र श्रम खर्चनु पर्ला। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको सफलताले हौसला जगाए पनि विवादमा निकै सजग रहनु पर्नेछ । ऋण, शत्रु र रोगबाट सजग रहनु पर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मिहिनेतले काम बन्नेछ । लक्ष्यअनुसार काममा जुट्न नसकिएला । अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। आँटेका काममा बाधा पुग्नेछ।