विषय प्रवेशः
सरकार गठन भएको दुई महिना पनि भएको छैन । पाँच वर्षे आवधिक आयुलाई नियाल्ने हो भने पनि यो धेरै छोटो अवधि हो । अर्थात् डेढ महिनामै सरकारको काम कारबाही परिणाममुखी नभएको जिकिर गर्ने बेला पनि भइहालेको देखिँदैन । यद्यपि गठबन्धनमा आबद्ध पार्टीहरूबीचको खट्पटी र स्वार्थको द्वन्द्वद्वारा निर्देशित अभिव्यक्तिहरू भने सतहमा छताछुल्ल भइरहेका छन् । यसले सरकारको स्थायित्व र गठबन्धनको गाँठो कतिखेर खुस्किने हो, यसै भन्न सकिन्न । यो हामी सबैको लागि शुभसङ्केत होइन । यसले चरम् राजनैतिक अस्थिरता र द्वन्द्वबाहेक अरू केही दिनेवाला छैन ।
चलखेलकै कारण अस्थिरताः
नेपालमा एउटा जबरजस्त भाष्य के बनाइएको छ भने आपसी खिचातानीको कारण विदेशी हस्तक्षेप बढेको हो । सतहीरूपबाट मात्र विश्लेषण गर्दा यो भाष्यमा काफी दम छ जस्तो लाग्छ । तर, यो हाम्रो नजरमा परिस्थिति ठीक विपरीत रहेको छ । यहाँ वस्तुतः विदेशी चलखेलको कारण राजनैतिक अस्थिरता बढिरहेको चाहिँ साँचो हो । तपाईं हामी सबै सचेत नागरिकले यो नयाँ शिराबाट राष्ट्रिय राजनीतिक परिदृश्यको भाष्य निर्माण गर्न, बुभ्mन, व्याख्या गर्न र आवश्यक रणनीति विकास गर्न जरुरी देखिन्छ । अन्यथा तपाईं हाम्रो अज्ञानताभित्र झनै गम्भीर जालझेल र षड्यन्त्रहरूको तानाबाना बुनिएको पत्तै नहुने खतरा छ ।
यसकारण हामी नेपालीहरूलाई न्यूनतम्रूपमा वर्तमान विश्व शक्तिराष्ट्रहरूको मूलभूत अन्तरविरोध कुन कुन मुद्दाहरूमा टकराइरहेको छ । अर्थात् स्वार्थको द्वन्द्व कुन कुन सवालहरूमा उठिरहेको छ । यही नजर अन्तर्गत यता नेपालमा विदेशी चलखेल कहाँ–कहाँबाट भइरहेको छ । यसको पछाडि लुकेको सारभूत र रूपगत कारणहरू के के हुन् । यसलाई कम गर्न हाम्रो भूमिका कस्तो रहनु पर्दछ । शक्ति राष्ट्रहरूको स्वार्थको द्वन्द र नेपालको भूराजनैतिक अवस्थितिले कुन कुन शक्तिराष्ट्रहरूलाई आकर्षित गरिरहेको छ । ती शक्तिराष्ट्रहरूले नेपालमा कुन कुन पार्टी वा व्यक्तिहरूलाई उपयोग र दुरुपयोग गरिरहेका छन् जस्ता गम्भीर र संवेदनशील राष्ट्रिय राजनैतिक सवालहरूमा हामी सबै सचेत नागरिकहरूले अलि भिन्न ढङ्गले सोच्नुपर्ने बेला आएको देखिन्छ । उनीहरूको चलखेल अन्त्य नभएसम्म नेपालमा स्थायित्व र स्थिरताको कल्पनै गर्न सकिन्न । यही भावभूमि वरिपरिबाट नै हाम्रो वैदेशिक कूटनीतिक सम्बन्धहरू परिपक्व ढङ्गले तय गर्नु अनिवार्य देखिन्छ ।
पछिल्लो तीव्र भेटघाटः
पुँजीको प्रभावमा कमजोर मुलुकहरूलाई आप्mनो स्वार्थभित्र कैद गर्नु वर्तमान निगम पुँजीको विशेषता हो । नेपाल यसको अपवाद हुन सक्दैन । सरकार बनेको डेढ महिनाको अन्तरालमा थुप्रै विदेशी शक्तिकेन्द्र वा उनीहरूका प्रतिनिधिहरूले भेटघाटलाई तीव्र बनाइरहेका छन् । भारत, अमेरिका, चीन, वेलायत अनि युरोपीय युनियनका प्रतिनिधिहरूले प्रधानमन्त्रीदेखि, पार्टी अध्यक्ष, दलको नेतालगायत राष्ट्रिय राजनीतिका सबै सरोकारवाला व्यक्ति वा निकायहरूसँगको छलफल अघि बढाइरहेका छन् । कूटनैतिक सम्बन्ध विस्तारको लागि गरिने औपचारिक भेटघाटहरू सामान्य प्रक्रियाहरू हुन् । तर, एकपछि अर्को भेटघाटहरूको अन्तर्यमा भने रणनैतिक स्वार्थगत चलखेलजन्य स्वार्थ लुकेको हुन्छ । पछिल्लो तीव्र भेटघाट र अनौठोरूपमा बढिरहेको राजनैतिक अन्यौलता र अस्थिरताबीच कुनै न कुनै साइनो सम्बन्ध रहेको बुभ्mन कठिन छैन । सबैले आ–आप्mनो स्वार्थको द्वन्द्वअनुरूप राजनैतिक बहस–पैरवी बढाइरहेका छन् । स्वार्थगत अनुकूलता र प्रतिकूलताको आधारमा समर्थन र विरोध जनाइरहेका छन् । विभिन्न पार्टी, पात्र, प्रवृत्तिहरूमाथि खेलवाड गर्दै राजनीतिलाई आप्mनो चङ्गुलमा राख्ने दाउपेच गरिरहेका छन् । यस्तै राजनीतिमा रमाउने हाम्रो दिनचर्या बनिरहेको छ ।
रास्वपा र राप्रपाको उदयः
मुख्य राजनैतिक पार्टीहरूप्रति वितृष्णा बढिरहेको परिवेशमा एकाएक नयाँ र पश्चगामी शक्तिहरू उदाएका छन् । यो रूपबाट हेर्दा पुरानोले गरेन नयाँले गर्छ कि भन्ने सद्भाव वा इमोसनको बनिबनाउ चाहना अन्तर्गतको उर्वर पृष्ठभूमिबाट निर्देशित देखिन्छ । अरू पुराना पार्टी वा नेताहरूले गरेनन्, अब नयाँलाई छान्नुपर्छ भन्ने तर्क पछिल्लो नेपाली राष्ट्रिय राजनीतिको जबरजस्त भाष्य बनिरहेको छ । उनीहरूलाई नयाँ–पुराना, बूढो र तन्नेरीभन्दा पनि मूलतः प्रणालीमा रहेका समस्याहरू वर्तमान गत्यावरोधका मूलभूत कारण हुन् भन्ने न्यूनतम् ज्ञान देखिँदैन । यसो भएपछि उनीहरूमा सही र गलत खुट्याउने हैसियत हुने कुरै भएन । यही कमजोर सचेतनागत धरातलमा वैदेशिक चलखेल र जनता ब्ल्याकमेलिङ गर्न सहज भइरहेको छ । जनता पनि वस्तुवादी भएर सत्य–तथ्य पहिचान गरेर कार्यक्रमिक योजनागत गन्तव्य तय गर्नुभन्दा पनि सामाजिक सञ्जालजन्य प्रचारबाजीहरूको पछिपछि दौडिन थालेका छन् । यही कमजोरीको गुरुत्वकेन्द्र वरिपरि वैदेशिक चलखेल मडारिइरहेको छ ।
वस्तुतः बाहिरीरूपबाट विश्लेषण गर्दा रास्वपा र राप्रपाको उदय स्वभाविक देखिन्छ । अरू पुराना पार्टी वा नेताहरूले गरेनन्, अब यसले गर्छ कि भन्ने जुन भाष्य बनाइएको छ, त्यो एक प्रकारले ठीकै लाग्न सक्छ । उनीहरूले पनि पुराना पार्टी र नेताहरू यहाँ चुके, त्यहाँ चुके, यता गल्ती गरे, उता खत्तम गरे, यता बिगारे, उता भत्काए अनि यता खाए, उता चप्काए भनेर आफूहरूलाई मात्र निरपेक्षरूपमा सही सावित गर्ने रणनीति लिएर छिटोमीठो राजनीतिमा होमिएका छन् । नयाँ पार्टी र नेताहरूप्रति एकखालको बनिबनाउ आकर्षण देखिन्छ । यही वस्तुगत धरातलमा रास्वपा र राप्रपा उदाएको सबैलाई जगजाहेरै छ । तर, उनीहरूको उदयपछाडि यति मात्र कारण पर्याप्त छैन ।
पछिल्लो समय इण्डोपश्चिमा शक्तिहरू कार्यगत मोर्चा बनाएर नेपाली राजनीतिमाथि चलखेल गरिरहेका छन् । अमेरिकीहरूमा पनि नेपालमाथि सिधै हस्तक्षेप गर्ने कि दिल्ली हुँदै गर्ने भन्ने दुईथरी मत रहेको छ । तर सैन्य उपस्थितिसहितको प्रत्यक्ष हस्तक्षेपभन्दा दिल्ली हुँदै गरिएको घुमाउरो रणनैतिक चलखेलले अझ बढी जनता दिग्भ्रमित पार्न सकिन्छ भन्ने विश्लेषणमा उनीहरू पुगेको देखिन्छ । यही रणनीति अन्तर्गत वासिङ्टन र दिल्ली दुवैको स्वार्थगत देशान्तरको उर्वरभूमिमा रास्वपा र राप्रपा हुर्किरहेको स्पष्ट छ । यो कुरा उनीहरूको नाटकीय उदय, अहिलेसम्मको राजनैतिक उपलब्धिमाथिको नाङ्गो हमला, संविधानविरुद्ध मनोगत प्रतिक्रिया, कतिपय उच्छृङ्खल वा अपरिपक्व गतिविधि अनि अतिविश्वासको पारो आदिको वस्तुवादी मूल्याङ्कन गर्दा यही तथ्य उजागर हुन्छ ।
एमाले, रास्वपा र राप्रपा ध्रुवीकरणः
नागरिकता काण्डमा अदालतले दोषी ठहर गरेपछि रास्वपा सरकारबाट बाहिरिएको छ । यही मेसोमा उसले सबैलाई तल्लोस्तरको गालीगलौज गर्न पनि पछि परेन । गृहमन्त्री नबनाएको झोंकमा लामीछानेले धेरैलाई थुप्रै लाञ्छनाहरू लाउन पनि भ्याए । अदालतलगायत धेरैको रवि लामीछाने दोषी भएको हुनाले मन्त्री होइन, उल्टै कारबाहीको प्रक्रिया अघि बढाउनु पर्छ भन्ने मत निकै बलियो रहेको छ । यस्ता मुद्दाहरूमा अरू कोही साधारण व्यक्ति थियो भने जेल जानुपर्ने हुन्थ्यो । तर, रवि लामीछानेको हकमा त्यो लागू भएन । यसमा पनि धेरैले प्रश्न उठाइरहेका छन् । तर, रवि वा रास्वपा भने गल्ती महसुस गर्नुको सट्टा विन्दास आप्mना बचाउ मात्र गरिरहेको छ । पत्रकार सम्मेलनमार्पmत् रोदन र जलन पोख्न पनि भ्याए । धेरैले यस घटनामा उनले अधैर्यता प्रकट गरेको टिप्पणी गरिरहेका छन् । यस्तो आत्मकेन्द्रित व्यक्तिवादी चिन्तन् र महŒवाकाङ्क्षा लिएका पार्टी वा व्यक्तिहरूबाट धेरै आशा गर्नु मूर्खता हुन्छ । कसैले गर्छ भने त्यो भ्रम मात्र हुनेछ ।
रास्वपाको यही अराजनीतिक र अपरिपक्व वा अर्को अर्थमा भन्ने हो भने केटाकेटीको भाँडाकुटी खेलजस्तो राजनीतिलाई नियाल्दा मुलुकको राजनीति कता जाँदैछ सहजै अनुमान गर्न सकिन्छ । यही धरातलमा एमालेका अध्यक्ष केपी ओलीले भने रास्वपाको खुलरै बचाउ गरिरहेका छन् । सकभर रवि लामीछानेलाई गृहमन्त्री बनाउनै पर्ने, नभए पार्टीलाई सरकारमा भने तुरुन्तै ल्याउनु पर्छ भनेर वकालत गरिरहेका छन् । उनले अदालतमाथि नै प्रश्न पनि उठाइरहेका छन् । यस परिघटनालाई नजिकबाट नियाल्दा मुलुकको राजनीतिले सही बाटो पक्रने देखिँदैन । यसरी अदालतमा मुद्दा खेपिरहेको पार्टी वा नेताप्रति एमालेको यस्तो रवैया देख्दा अनौठो अनुभूति हुन्छ । कतिपय सन्दर्भमा राप्रपासँग पनि ओलीबाको हिमचिम बढिरहेको छ । विदेशीहरूले कम्युनिष्टविरुद्ध कम्युनिष्टहरू नै प्रयोग गर्दै आएको विगत ताजै छ । यही सन्दर्भमा उनीहरूले एमालेलाई उपयोग गर्दै आएको हो । यसले इण्डोपश्चिमा वैदेशिक रणनीति अन्तर्गत एमाले/रास्वपा/राप्रपालगायतको ध्रुवीकरण हुने सम्भावना बढ्दै गएको देखिन्छ । यसमा भारत र अमेरिकाको दोहोरो स्वार्थ लुकेको प्रष्टै देखिन्छ ।
प्रसाईंको राजा ल्याउने अभियानः
एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पछिल्लो समय निकै अस्वभाविक हर्कतहरू गरिरहेका छन् । अनौठो ढङ्गले सामाजिक सञ्जालमा पनि छाइरहेका छन् । उनले फागुन १ गते मेचीपुलमा पूर्वराजा र राजपरिवारका अन्य सदस्यहरूको उपस्थितिमा राजा ल्याउने महाअभियान आरम्भ गर्न भ्याए । अब चाँडै नै राजतन्त्र स्थापित हुने उद्घोषसमेत गरे । उनले गणतन्त्रवादीहरूलाई निकृष्ट गाली पनि गरे । पूर्व राजा ज्ञानेन्द्र पनि आप्mनो पक्षमा एकखालको लहर देखेर मक्ख देखिन्थे । यसरी एमाले, रास्वपा र राप्रपाको हिमचिम बढिरहेको वस्तुगत धरातलमा स्वयम् एमालेकै केन्द्रीय सदस्यबाट यस्तो अभियान थाल्नु कुनै संयोग मात्र नभएर सुनियोजित रणनीति भनेर आशङ्का गर्ने ठाउँ देखिन्छ । इण्डोपश्चिमाहरूको संयुक्त डिजाइनमा नै नेपालमा राजासहितको नयाँ ध्रुवीकरण गर्न खोजिरहेको देखिन्छ । यही रणनीति अन्तर्गत नै नयाँ पार्टी, व्यक्ति र पुस्तान्तरणको बहस पनि अनपेक्षितरूपमा भइरहेको छ । गगन थापालाई प्रधानमन्त्रीमा कास्टिङ गर्नु यसैको उपज थियो । रवि र गगनबीचको सम्बन्धमा पनि इण्डोपश्चिमाहरूको रसायनले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यता उनीहरूले कम्युनिष्ट जनमतभित्र खेल्न र दिग्भ्रम सिर्जना गर्न तुलनात्मकरूपमा राम्रो सङ्गठन भएको पार्टी एमालेलाई अधिकतम् उपयोग गर्दा तुलनात्मकरूपमा बढी फाइदा हुने बुझेर नै यस्तो रणनीति लिएको देखिन्छ ।
निष्कर्षः
त्यसैले वस्तुतः नेपालमा विद्यमान अस्थिरता र अन्यौलताको मूलभूत कारण भनेको वैदेशिक हस्तक्षेप वा चलखेल नै हो । यसरी वैदेशिक हस्तक्षेप नहुने हो भने हाम्रो राजनीति यति धेरै भद्रगोल र अस्त–व्यस्त हुने थिएन । कतिपय पार्टी र पात्रहरूको अति चुरीफुरी पनि यसरी बढ्ने थिएन । रास्वपा र राप्रपाको उदय अनि एमालेको अवसरवादी ढुलमुले प्रवृत्तिलाई नियाल्दा कतै न कतै इण्डोपश्चिमाहरूको स्वार्थ लुकेको देखिन्छ । विचार र एजेण्डाभन्दा पनि हावादारी प्रचारात्मक माहौलको पछि समाज निर्देशित हुनु यसैको उपज हो । तब एमाले, रास्वपा र राप्रपालगायतका पार्टीहरू एकातिर इण्डोपश्चिमा गुरुयोजना अन्तर्गत गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकलगायतका अग्रगामी एजेण्डाहरूविरुद्ध ध्रुवीकरण भइरहेका छन् । विदेशी शक्तिकेन्द्रहरूको यस्तो चलखेललाई बेलैमा व्यवस्थापन गर्न जरुरी छ ।
वस्तुतः ठोस कार्यदिशा र कार्ययोजना विना केवल अरूलाई गाली गरेर आफू उत्थान हुने प्रचारात्मक राजनीतिले धेरै परिणाम दिन सक्दैन । यो साश्वत् सच्चाइ हो । यसकारण मीठो बोली र चोटिलो भाषणभित्रको असली नियत बुभ्mदै अग्रगामी राजनैतिक एजेण्डाको आधारमा गोलबन्द बनौं । अवसर र माहौलको पछि लाग्ने चरम् ढुलमुले प्रवृत्तिलाई निश्तेज गरौंं । अग्रगामी राजनीतिविरुद्ध यो वा त्यो बहानामा गरिने कुनै पनि खालको पश्चगामी हर्कतहरूलाई विफल पार्न सबै गणतन्त्रवादीहरू एक हुनुको विकल्प छैन । किनकि कुनै पनि शर्तमा गणतन्त्रको युगसापेक्ष उन्नत विकल्प राजतन्त्र हुन सक्दैन ।