श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ४ गते बिहीबार, १६ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको एकादशी तिथि भोलि ०३ः०४ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र मूल २३ः०५ बजेसम्म पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः४० बजे र सूर्यास्त ०५ः५५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ । उपलब्धिविहीन काममा समय बित्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गरिआएको कामलाई निरन्तरता दिन सकिनेछ । तर, नयाँ काम गर्न समय पर्खनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुनसक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष योजना सार्वजनिक नगर्नु होला । काम बिग्रने डरले सताउनेछ । पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ । व्यापार तथा साझेदारीमा फाइदा हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । पहिलेको सफलताले हौसला जगाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ । बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।