पथरी । मोरङको कानेपोखरी जंगलमा सिकारीहरुले बन्दुकको गोलीबाट जंगली जनावरको शिकार गर्ने कार्यले तिब्रता पाएको छ ।
सम्बन्धीत निकाय मौन रहदा त्यहाँको जंगली जनावरहरु दैनिक जसो सिकारीहरुको निसानामा पर्ने गरेको हो । त्यहाँ चितल, हरिण, बंदेल, खरायो र साखुवाको काठपातहरु दिनदहाडै तस्कार, चोरी निकासी हुने गरेको पाइएको छ । त्यहाँ न त वन कार्यालयले नै देख्छन् न वन समितिले देख्छन् । पछिल्लो समयमा एकहप्ता नवित्दै दुई ओटा हरिण गोली लागेको अवस्थामा भेटिएका छन् । आज कानेपोखरी –७ स्थित शुक्रबारे पूर्व गोली लागेको अवस्थामा २ बर्षको पोथी हरिण फेला परेको थियो । गर्भ रहेको सो हरिणको पछाडी पटी तिघ्रामा गोली लागेको थियो ।
सिकारीको गोली लागेपछि गाउँ पसेको हरिण कुकुरले खेदाउँर्दै गर्दा गाउँलेहरुले फेलापारी नगरप्रहरीलाई खबर गरेका थिए । नगरप्रहरी प्रमुख युवराज भूजेल, रमाइलो चौकीका सई धनश्याम पाण्डेको नेतृत्वको टोलीले सक्त घाइते हरिणको उद्धार गरी उपचारको लागि कानेपोखरी गाउँपालिका ल्याएका थिए । जीवित हरिण कानेपोखरी पशुशाखाले उपचार गर्दा गर्दै केही छिनमा मृत्यु भएको थियो । सव डिभिजन वन कार्यालय कानेपोखरीलाई खबर गरेको ३ घण्टा पछि मात्र गाउँपालिकामा आएका थिए । त्यसको मुजुल्का गरी खाल्टो खनी पुर्ने सव डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत महमद अलाउदिनले बताए ।
एकहप्ता अघि पनि सिकारीको गोली लागेर भाले जातको हरिण पूर्वपश्चिम राजमार्गमा शक्त घाइते अवस्थामा सडकमा हिडेने मान्छेहरुले भेटेका थिए । सव डिभिजन वन कार्यालयमा सम्र्पक गरी सो सक्त घाइते भएका हरिण बुझाएका थिए । २ बर्षे लगभग ६५ केजीको हरिण मरे पछि मुजुल्का बनाई खाल्टो खनि गाडिएको प्रमुख अलाउदिनले बताए ।