वराहक्षेत्र । नातामा भान्जी पर्ने  बालिकालाई बलात्कार गरेको आरोपमा वराहक्षेत्र नगरपालिकामा एक किशोर पक्राउ परेका छन् । पक्राउमा पर्नेमा वराहक्षेत्र नगरपालिकाको वार्ड नं १० स्थित घर भएका १९ वर्षका शंकर दर्नाल रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताएका छन् । 

आरोपी दर्नालले मिति २०७९ माघ २३ गते राती ९ बजे ललाई फकाई आफ्नो घरमा लगेर करणी  गरेकाे भन्दै बालिकाको आमाले दर्नाल विरुद्ध प्रहरीमा जाहेरी गरेकी थिइन् ।

 दर्नाललाई तीन दिन पछाडि माघ २६ गते सप्तरीकाे कञ्चनपुरमा साँझ साढे ६ बजे, सार्वजनिक यात्रु बसमा चढेर काठमान्डौ तर्फ जान लाग्दा इलाका प्रहरी कार्यालय सप्तरीको सहयोगमा पक्राउ गरिएको प्रनी दत्तले बताए ।

आरोपी दर्नाललाई सुनसरी जिल्ला अदालत वाट ७ दिनको म्याद थपको अनुमति लिएर उनमाथि जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भइरहेको इप्रका चक्रघट्टीले जानकारी दिएको छ ।