श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ५ गते शुक्रबार, १७ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको द्वादशी तिथि २३ः४९ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वाषाढा २०ः३८ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः३९ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विवादास्पद काममा जुट्नुपरे पनि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापारबाट फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशेष अवसरले प्रसन्नता दिलाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले आत्मविश्वास बढाउने समय छ।अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गरे काम बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ । सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । तापनि मिहिनेत गरे राम्रो परिणाम प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विवादास्पद काममा जुट्नुपरे पनि धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। केही समस्या देखिन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुङ्गिनेछ । दिगो योजनाका साथ अघि बढे लाभ मिल्नेछ ।