श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ७ गते आइतबार, १९ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको चतुर्दशी तिथि १६ः३१ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तराषाढा १७ः५१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः३७ बजे र सूर्यास्त ०५ः५७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनु होला। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक क्रियाकलापमा उत्साह जाग्नेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्राविधिक र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ । बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । धन आगमनको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्वाकाङ्क्षी योजना सफल हुन सक्ला । नयाँ काम सुरु गर्ने समय छ । व्यापारबाट धनलाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। नयाँ कारोबारबाट बढी फाइदा हुने समय छ ।