भरौल । थारू चलचित्र तथा सांस्कृतिक सङ्घ सुनसरीको प्रस्तुतिमा ‘होली के उमङ्ग’ गीतको साङ्गीतिक दृश्यसामग्री सार्वजनिक भएको छ ।

बिहीबार सुनसरीको झुम्काको सिनेमा हलमा गीतको साङ्गीतिक भिडियोलाई रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरीले सार्वजनिक गरे । गीतमा अन्जली चौधरीको शब्द, सङ्गीत र स्वर रहेको छ । उनलाई देवकुमार विश्वासले साथ दिएका छन् ।

गीतमा थारू महानायक परशुराम चौधरी, जानकी चौधरी, विनोद चौधरी, पन्नालाल सिकदार, ललिता चौधरीको अभिनय रहेको छ । होली पर्व नजिकिँदै गर्दा गीत सार्वजनिक गरिएको हो ।