श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ८ गते सोमबार, २० फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन कृष्णपक्षको औंसी तिथि १२ः५१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र धनिष्ठा १५ः५९ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः३७ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कीर्तिमानी काम बन्नाले मूल्यवान वस्तु लाभ हुनसक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेत परे पनि सोचेको काम पूरा नहुन सक्छ । सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम थाल्न समय लागे पनि सफल पार्न सकिने समय छ। मिहिनेतले उपलब्धि दिलाउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक काममा पछि परिनेछ । अवसरवादीहरूले मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम बिग्रने भयले सताए पनि समस्याले रहस्य पत्ता लगाउन सहयोग पु¥याउनेछ। थालेका काम सम्पन्न हुनेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गरे लाभ उठाउन सकिनेछ। समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला । घुमफिर तथा मनोरञ्जनको समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा सत्कार पाइनेछ।साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।