श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल फागुन ९ गते मङ्गलबार, २२फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको प्रतिपदा  तिथि  ०९ः२२ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र शतभिषा ०९ः१५ बजेसम्म, उप्रान्त  पूर्वभाद्र, चन्द्रमा राशि मीन, सूर्योदय ०६ः३६ बजे र सूर्यास्त ०५ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षित नतिजाले काममा हौसला जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायबाट पनि फाइदै हुनेछ । कर्मयोगले मानसम्मानसमेत दिलाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीभित्र अवसर खोज्ने समय छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ने हुनसक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काम बन्न समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।