धरान । धरान नृत्य कला प्रतिष्ठानको अध्यक्षमा नन्दा राई चयन भएकी छन् ।
प्रतिष्ठानको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट उनी सर्वसम्मतरूपमा चयन भएकी हुन् । त्यसैगरी उपाध्यक्षमा मणिकुमार लिम्बू, सचिवमा सन्तोष तामाङ, सह–सचिवमा सानुराजा थेगिम र कोषाध्यक्षमा सुरेश राई चयन भएका छन् ।
प्रतिष्ठानको सदस्यमा सञ्जु राई, पवन तामाङ, प्रवीण भुजेल र एलिसा ल्वागुन चयन भएका छन् । नृत्यकार तथा नृत्य क्षेत्रको विकास गर्ने उद्देश्यले गठन भएको प्रतिष्ठानको नयाँ कार्य समितिका लागि आगामी बैठकबाट ४ जना सदस्य मनोनित गरी थपिनेछ ।
अधिवेशन प्रतिष्ठानका निवर्तमान अध्यक्ष मणिकुमार राईको सभापतित्व तथा १ नम्बर प्रदेशसभा सदस्य विजयकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो ।