सुनसरी । सुनसरीसँग सीमा जोडिएको भारतीय भू–भागमा भारतीय एसएसबी र तस्करबीच गोली हानाहान भएको छ ।
सोमबार बिहान तस्करको गोली लागेर भारतीय सुरक्षा बल एसएसबी ५६ औं बाहिनीका प्रमुख कमान्डेन्ट सुरेन्द्र विक्रम घाइते भएका छन् ।
भारत बिहार राज्यको अररिया जिल्लाको नरपतगञ्ज प्रखण्ड क्षेत्र अन्तर्गत नेपाल–भारत सीमानजिक पथराहा बोर्डरमा दुईपक्षबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गाँजा तस्करी भइरहेको सूचनाको आधारमा खटिएको गस्ती टोलीले तस्करलाई नियन्त्रणमा लिएपछि गोली हानाहान भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोही क्रममा तस्करले चलाएको गोली लागेर एसएसबी ५६ औं बाहिनीका प्रमुख कमान्डेन्ट सुरेन्द्र विक्रम घाइते भएका हुन् । झडपमा एकजना तस्कर पनि घाइते भएको बताइएको छ ।