श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १० गते बुधबार, २३ फेब्रुअरी  २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको तृतीया तिथि भोलि ०३ः४६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वभाद्र ०६ः५५ बजेसम्म,  उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि  मीन, सूर्याेदय ०६ः३५ बजे र सूर्यास्त ०५ः५९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनु होला। भविष्यका लागि केही वस्तु त्याग्नु पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बावजुद जिम्मेवारी थपिनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनु पर्ने स्थिति आउला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गरेमा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। प्रतिस्पर्धीले हार खानेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारबाट विशेष फाइदा हुनेछ ।