श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन ११ गते बिहीबार, २३ फेब्रुअरी  २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः५६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रेवती भोलि ०४ः०३ बजेसम्म, उप्रान्त  अश्विनी, चन्द्रमा राशि–मीन, सूर्याेदय ०६ः३४ बजे र सूर्यास्त ०६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नै बेहोसीले नोक्सानी होला। सोखले फजुल खर्च बढाउन सक्ने योग परेको छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम दोहो¥याउनु पर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानी बढ्नाले काममा उत्साह जाग्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अचल सम्पत्तिको उपयोगबाट लाभ हुनसक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मूल्याङ्ंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइले पनि फाइदा दिलाउनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा व्यवसायबाट विशेष फाइदा हुनेछ। भौतिक साधनहरू सङ्ग्रह हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रतासमेत बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। कामको चापले जीवनशैली व्यस्त रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। परिस्थितिवश अध्ययनमा पछि परिनेछ।