श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि. सं. २०७९ साल फागुन १२ गते शुक्रबार, २४ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको पञ्चमी तिथि भोलि ००ः५३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी भोलि ०३ः४५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः३३ बजे र सूर्यास्त ०६ः०० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला । शारीरिक कमजोरीले आँटेको काम रोकिन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पु¥याउनु होला। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहोर्याएर प्रयत्न गरे रोकिएको काम बन्नेछ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला ।प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुनसक्छ। सोखले खर्च भने बढाउन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ । हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। शत्रुले पनि मित्रताका हात अघि बढाउनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसरवादीहरूबाट अलि सजग रहनुहोला । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । आवश्यक पर्दा साथीभाइले पनि सहयोग गर्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अर्थोपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।