धरान । भारततर्फ बाख्रा तस्करी गर्न लागेको बेला नेपाल प्रहरीले सीमाक्षेत्रबाट ३१ वटा बाख्रा बुधबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–१ लसुनास्थित नेपाल–भारत सीमा क्षेत्रबाट ७७ हजार ५ सय मूल्य बराबरको बाख्रासहित पिकअप नियन्त्रणमा लिएको हो ।

मे.१ च ४७३३ नम्बरको पिकअपमा भारत प्रवेश गर्नै लाग्दा गाडीका चालक सोही ठाउँका २६ वर्षीय सेख असरत र २९ वर्षीय रकमुद्दिन मियाँलाई पक्राउ गरेको छ ।

मियाँ बाख्रा व्यापारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप गाडी र बाख्रा गरी कुल मूल्य १० लाख ७७ हजार ५ सय रुपैयाँ तोकी बिहीबार मेची भन्सार कार्यालय काँकरभिट्टालाई बुझाएको छ ।