श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १४ गते आइतबार, २६ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको सप्तमी तिथि भोलि ०१ः१९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र कृत्तिका भोलि ०५ः३६ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः३१ बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुन्दर पहिरन र आगन्तुकहरूको उपहारमा मन रमाउनेछ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयासले ठूलो काम बन्नेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनत गर्दा अवसर प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले उत्साह जगाउनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । पेसा–व्यवसायतर्फ मनग्य आम्दानी बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तक र सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वैदेशिक यात्रा योग बन्नेछ । समाजसेवामा मन जानेछ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।