श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १५ गते सोमबार, २७ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको अष्टमी तिथि भोलि ०२ः४१ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र रोहिणी भोलि ०७ः३६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः३० बजे र सूर्यास्त ०६ः०२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । पहिलेको सफलताले हौसला जगाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजन प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। दिन सामान्य रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका स्रोत बढ्नेछन्। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ। महŒवाकाङ्क्षी काम गर्न सफल भइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै देखिन्छ। रोकिएको काम बन्नुका साथै जिम्मेवारी पनि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुनसक्छ। भैपरी आउने खर्च बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने कामको राम्रो मूल्याङ्कन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानीले धनलाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आलश्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले सहयोगका हात फैलाउनेछन्। रमाइलो यात्रा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमसम्बन्धमा खट्पट आउनेछ । स्वास्थ्यमा समस्या आउला ।