विजयपुर । नाटक ‘कुमार मामा’ फागुन १७ देखि मञ्चन हुने भएको छ ।
२०६६ सालमा प्रकाशित जनकऋषि राईको कथा सङ्ग्रह ‘बस्तीभित्र’ को एउटा कथा ‘कुमार मामा’ लाई नाटकमा रूपान्तरण गरेर मञ्चनको तयारी गरेको हो ।
रङ्गभूमिमा एकेडेमीले नाटक मञ्चन गर्नेछ । आइतबार एकेडेमीले पत्रकार सम्मेलन गर्दै नाटक मञ्चनबारे जानकारी दिएको छ । कथालाई नाटकमा रूपान्तरण गरेका विष्णु मोक्तानले नै नाटकको निर्देशन पनि गरेका छन् । निर्देशक मोक्तानले कथामा मुलुकको सङ्क्रमणकालमा कुमार मामाले गरेको कल्पना परिवर्तनपछिका दिनहरूमा भोग्दै गरिएका यथार्थ रहेको बताए । नाटकमा १० जना कलाकारहरूले अभिनय गरेका छन् ।
कुमार मामाको भूमिकामा निर्देशक मोक्तान नै रहेका छन् । कलाकारहरूमा उदय बेघा लिम्बू, सजेष्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दीपेन्द्र राई, एलिना रुम्दाली, विक्रमसिंह थारू, करिष्मा क्षेत्री र एञ्जल तामाङले अभिनय गरेका छन् । नाटक सभागृहको मञ्चन हुने जनाइएको छ ।