धरान । साहित्यकार प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक भएको छ ।
शनिबार काठमाडौंस्थित मण्डला थिएटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्राज्ञ मुनराज शेर्मा, कैलाश राई, जेबी विश्वकर्मा र दीपा राई पुनले उपन्यास सार्वजनिक गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका कुलपति राईले उपन्यासमार्फत् उठाइएका मुद्दा र चरित्रले उपन्यास उत्कृष्ट बनेको बताए । अन्य अतिथिहरूले पनि उपन्यास बारे चर्चा गरेका थिए ।
सो अवसरमा बोल्दै लेखक राईले उपन्यासमा वैचारिकीलाई व्यावहारिक तरिकामा लेखिएको बताइन् । उपन्यासको प्रकाशन फिनिक्स बुक्सले गरेको हो ।