श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १६ गते मङ्गलबार, २८ फेब्रुअरी २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको नवमी तिथि भोलि ०४ः३८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रोहिणी ०७ः३६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः२९ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । पारिवारिक जमघट हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउने र सहयोगीहरू भेटिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । फजुल खर्च बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय दिन नसक्दा काम रोकिनेछ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि, पशुपालन आदिबाट फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठेको रकम सङ्ग्रह गर्न बाधा पर्ने समय छ। सञ्चित धन अरूका लागि खर्चनुपर्ने परिस्थिति आउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक समस्याको कारण मनमा चिन्ता बढ्नेछ । राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ।