श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन १७ गते बुधबार, १ मार्च  २०२३, नलनाम संवत्सर। फागुन शुक्लपक्षको दशमी  तिथि भोलि ०६ः५९ बजेसम्म,  उप्रान्त एकादशी, नक्षत्र  मृगशिरा १०ः०८ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः२८ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिकजगत्ले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। धन खर्च हुने योग छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही फाइदा लिन अर्काे वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। धन बाहिरिन सक्छ। कर्जामार्फत् धन जुट्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नाबाट  टाढिनु पर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
केही रकम तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भएको आम्दानी र सञ्चित रकमसमेत खर्चनु पर्ला। आवश्यक पर्दा कर्जामार्फत् धन जुट्नेछ।