धरान । धरान–५ देउरालीस्थित डीपी बिलिभर्स इङ्लिस स्कुलमा लागूपदार्थ तथा मद्यपान दुव्र्यसनविरुद्ध एकदिने सचेतनामूलक सेमिनार सम्पन्न भएको छ ।
स्कुलका प्राचार्य सञ्जीप बान्तवाको अध्यक्षता र धरान–५ स्थित न्यू होराइजन सेन्टरका संस्थापक अध्यक्ष भूपाल लिम्बूको प्रमुख आतिथ्यमा सेमिनार भएको हो ।
सेमिनारमा प्राचार्य बान्तवाले स्वागत गर्दै विद्यालय तहदेखि नै विद्यार्थीमाझ अध्ययनसँगै विविध अत्यावश्यक विषयहरूमा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनु आवश्यक रहेको बताए । उनले लागूपदार्थ एवम् मद्यपानबाट सर्वप्रथम आफू सचेत भएर परिवार र समाजमा पनि सोही ज्ञान बाँड्नसके धेरैलाई दुव्र्यसनबाट जोगाउन सकिने बताए । उनले भने, ‘लागूपदार्थ दुव्र्यसनको सिकार हुनबाट जोगाउँदै लागूपदार्थ एवम् मद्यपानमुक्त समाजको स्थापना गर्न आवश्यक छ ।’
न्यू होराइजन सेन्टरका सहजकर्ता रमेश बान्तवा, स्वयम्सेवकहरू युवराज राई र सुरजा लिम्बूले लागूपदार्थ एवम् मद्यपानको असरका बारेमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी, अभिभावकका साथै शिक्षकसँग अन्तरक्रिया गरेका थिए । स्कुलका परामर्शदाता वीरेन्द्र लिङ्देनले धन्यवाद ज्ञापन गरेको कार्यक्रम शिक्षक हेमराज गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।