श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०७९ साल फागुन १८ गते बिहीबार, २ मार्च  २०२३, नलनाम संवत्सर। फागुन शुक्लपक्षको दशमी  तिथि  ०६ः५९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  आद्र्रा १२ः५९ बजेसम्म, पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः२७ बजे र सूर्यास्त ०६ः०४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कामको प्रस्ताव आउनेछ र सहयोगीहरू भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक क्षमताको तारिफ हुनेछ । बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तबाट टाढिनु पर्ला। समयमा होस नपुर्याउँदा ठूलो धनहानि हुनेछ।