श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २० गते शनिबार, ४ मार्च २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको द्वादशी तिथि १२ः०३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पुष्य १८ः५७ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः२४ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशेष काम गर्न बिहानको समय अनुकूल हुनेछ । अग्रजको सहयोग लिँदा राम्रो होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
योजना सार्वजनिक नगर्नुहोला । दिउँसोदेखि समय केही प्रतिकूल रहनेछ। बेसुरमा वचन दिँदा समस्या हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थालेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धीहरू पछि हट्नेछन्। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पु¥याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बौद्धिक कर्मको प्रभाव बढ्नेछ । काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुरुमा खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य कामले प्रशंसक बढ्नेछ। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको प्राप्त हुनेछ।