श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २१ गते आइतबार, ५ मार्च २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको त्रयोदशी तिथि १४ः२६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र अश्लेषा २०ः३३ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०६ः२४ बजे र सूर्यास्त ०६ः०६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम प्रारम्भ गर्ने समय छ। थालेको कामबाट सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। आलश्य त्यागेर मिहिनेत गरे फाइदा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। पहिलेका प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हरेक विचारका प्रशंसकहरू बढ्नेछन्। रमाइला क्रियाकलापमा सहभागी भइनेछ। साथै मान–सम्मान प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समस्या पन्छाएर पनि उपलब्धि हातपार्न सकिनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मानसम्मान प्राप्त हुनेछ। बुद्धिको उपयोगले धन आर्जन हुनेछ।