विराटनगर । विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजले २० आंै वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवमा कक्षा ११ मा टप गर्ने दिया अग्रवाललाई १८ हजार ५ सय रुपैयाँसहित सम्मान गरियो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा विजेता खेलाडी विद्यार्थीलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण गरिएको थियो ।
सिए कोर्षको परीक्षाको नतिजामा गोल्ड मेडल ल्याउन सफल मेरिल्याण्ड कलेजकी पूर्व विद्यार्थी शालु अग्रवाललाई नगदसहित सम्मान गरिएको छ ।
कलेजका उपाध्यक्ष प्रा.डा. पिके झाले आफ्ना मातापिताको नाममा राखिएको योगानन्द जहानदेवी छात्रवृत्ति कलेजका प्रिन्स भगत र क्रिस्टीना निरौलालाई वितरण गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूलाई मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सांसद् लीलावल्लभ अधिकारी, कलेजका उपाध्यक्ष प्रा.डा. पिके झा र प्रिन्सिपल लक्ष्मण ढकालले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कलेज प्रमुख ढकालले गुणस्तरीय शिक्षासँग रोजगारमुखी शिक्षा मेरिल्याण्डले प्रदान गर्दै आएको बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसर बाँकी नराखेको बताए । कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । व्यवस्थापन शिक्षामा मेरिल्याण्ड कलेज कोसी प्रदेशको उत्कृष्ट कलेजमा पर्ने गरेको छ ।