श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २२ गते सोमबार, ६ मार्च २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको चतुर्दशी तिथि १६ः३५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मघा भोलि ००ः१९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। कर्मयोगले मानसम्मान दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा पनि फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका समस्या र चुनौती समाप्त हुनेछन्। गरेको कामले नाम र दाम दिलाउनेछ। योजना पूर्ण नभए पनि धनलाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ । जीवनशैली व्यस्त रहे पनि कममकाज अधुरो रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कमजोर नतिजा सच्याउन दोहो¥याएर प्रयत्न गर्नुपर्ला । काममा धेरै दौडधुप गर्नुपर्दा स्वास्थ्य कमजोर हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अर्थ अभावले पनि मन पिरोलिन सक्छ । केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।