धरान । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कको एक होटलबाट शनिबार एक युवतीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका–९ का २१ वर्षीय प्रेमसागर साँवा, मेचीनगर नगरपालिका– १२ का २० वर्षीय मनिष बराल र मोरङ मिक्लाजुङ गाउँपालिका– ४ की १९ वर्षीया तिलु राईलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । उनीहरू पशुपतिनगर होटल एन्ड लजमा बसिरहेको मौकामा शङ्काको आधारमा जाँच गर्दा ब्राउनसुगर बरामद गरिएको हो ।

प्रहरीले उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।