धरान । काठमाडौँ वल्र्ड स्कुलले नेपाल भ्रमणअन्तर्गत धरान र विराटनगरमा शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।
शनिबार धरानमा र आइतबार विराटनगरमा कार्यक्रम गरिएको हो । स्कुलका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झाले प्राविधिक तथा जीवनोपयोगी शिक्षाका लागि काठमाडौँ वल्र्ड स्कुल उपयुक्त गन्तव्य भएको बताए ।
प्रिन्सिपल केशरबहादुर खुलालले शान्त तथा सौहार्द्रपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताए । उनले शिक्षकलाई समेत गूणस्तरीय शिक्षा प्रदान गर्न विज्ञताको आवश्यकता रहेको बताए ।
अध्यक्ष झाले स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइरहेको बताए । व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले शुक्रबार झापाको बिर्तामोड तथा शनिबार सुनसरीको धरानमा एजुकेसनल टुर गरिसकेको छ ।