श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २३ गते मङ्गलबार, ७ मार्च  २०२३, नलनाम संवत्सर । फागुन शुक्लपक्षको पूर्णिमा तिथि १८ः२६ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र पूर्वफाल्गुनी भोलि ०२ः३४ बजेसम्म, उप्रान्त उत्तर फाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । अरूको मुख ताक्ने बानीले काम बिग्रन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धन अरूलाई दिने नभई भिœयाउने समय छ। अरूलाई दिन ठीक पारेको धनमाल आफैलाई आवश्यक पर्न सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझावले लाभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । रोकिएका काम सफल बन्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जटिल काममा जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम सफल पार्न सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । आयस्रोत राम्रो हुनाले भौतिक साधन जुटाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनुका साथै लेखन कलामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्।