श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २४ गते बुधबार, ८ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको प्रतिपदा तिथि १९ः५७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र उत्तरफाल्गुनी भोलि  ०४ः३० बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि—सिंह, सूर्याेदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा प्राप्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।व्यवसायमा चुनौती देखिए पनि आयस्रोत सबल नै रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काममा दोहो¥याएर गर्दा लाभ हुनेछ। काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वाकाङ्क्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला। कर्मयोगले लोकप्रियता दिलाउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला । उद्योग र व्यापारमा फाइदा हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थी कामले समाजमा स्थापित गराउनेछ । चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ्नाले फाइदा हुनेछ।