श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २५ गते बिहीबार, ९ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको द्वितीया तिथि २१ः०६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र चित्रा भोलि ०७ः२० बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्नुका साथै आम्दानीका स्रोत पति बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनु होला । धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्वाकाङ्क्षी योजना सार्वजनिक नगर्नु होला । काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरले पनि उत्साह जगाउने देखिन्छ । रोकिएको काम पूरा हुनेछ। दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या सुल्झाउन अभिभावकको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेत गरे लाभ उठाउन सफल भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ कार्य सुरु हुनेछ।