श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २६ गते शुक्रबार, १० मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको तृतीया तिथि २१ः५४ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र स्वाती भोलि ०७ः२० बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि कन्या, सूर्याेदय ०६ः१९ बजे र सूर्यास्त ०६ः०९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अरूको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रयत्न गरे चुनौती चिर्दै काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। मिहिनेत गरे लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार बढ्नुका साथै आम्दानीका स्रोत पति बढ्नेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ। व्यावसायिक काममा चुनौती देखिए पनि धनलाभ होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिले रोकिएका काममा दोहो¥याएर गर्दा लाभ हुनेछ। परिवारजनको सहयोगले फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
महत्वाकाङ्क्षी योजना अहिले नै सार्वजनिक नगर्नुहोला।कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।