धरान । धरान–१६ स्थित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयको अभिभावक भेलाले अर्जुनकुमार बस्नेतको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा शम्भु कटवाल, सान्तना श्रेष्ठ, पासाबदिकी शेर्पा, इन्द्र विक, ममता राई, मनोज भट्टराई, मुरारीप्रसाद भट्टराई र सदस्य–सचिवमा आरती थापा रहेका छन् ।
ममता शिक्षक प्रतिनिधिका रूपमा चयन भएकी हुन् भने मनोज र मुरारी भने धरान उपमहानगरपालिकाका प्रतिनिधि र पदेश सदस्यका रूपमा चयन भएका हुन् । शिक्षा युवा तथा खेलकुद महाशाखा धरानका अधिकृत मनोज भट्टराई र धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईको उपस्थितिमा फागुन २२ गते अभिभावक भेला गरिएको थियो ।