धरान । चैत ५ गते हुनलागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनअन्तर्गत शुक्रबार मनोनयन पत्र वितरणको अन्तिम घडीमा पिण्डेश्वर विद्यापीठमा नेपाल विद्यार्थी सब्घले हुलहुज्जत गर्दै कागजपत्र जलाएको छ ।

त्यसक्रममा सुरक्षाको पहरा दिन खटिएका एक कर्मचारीलाई पनि टोकेको छ । यस विषयमा पीडित सुरक्षागार्डको जिम्मेवारीमा रहेका भूवनसिंह विष्टले धरान–१४ स्थित अस्थायी प्रहरी चौकीलाई मौखिक जानकारी गराएका छन् । पीडित सुरक्षागार्ड विष्टका अनुसार चुकुल लगाएको ढोकामा लात्तीले हानेर ढोका फोडेको र त्यस क्रममा आफूलाई टोकेको बताए । 'चुकुल लगाएको ढोका लात्तीले ड्याम्म हानेर फोडे, टेबलमा भएको लेजर सबै ताने ।कच्याककुचुक पारेर बाहिर लगेर जलाए । मैले रोक्न खोज्दा प्रवेश पौडेलले टोक्यो’–उनले भने । उनले आफूलाई संरक्षणका लागि खटाएकाले आफ्नो जिम्मेवारी वहन गर्दा घटना घटेकाले प्रशासनको निर्देशनअनुसारआफू अगाडि बढ्ने बताए । 'प्रशासनलाई मेरो बिन्ती कारबाहीको प्रक्रिया अगाडि बढाइदिनु प¥यो’–उनले भने ।

यता टोकेको विषयमा नेविसब्घका क्याम्पस इकाई प्रमुख प्रवेश पौडेललाई फोनसम्पर्क गरी बुझ्दा आफूमाथि आक्रमणको प्रयास भएकाले आत्मरक्षाको क्रममा टोकेको स्वीकारे । 'अधिकृतले छाडिदिनू भन्दा पनि चौकीदारले हामीमाथि हातपात गरेर, ठेलेर मेरो हात कोतारेकोले आत्मरक्षाको लागि त्यो अपनाएको हो’–उनले फोनसम्पर्कमा भने । नेविसब्घले ।'अनियमित विद्यार्थीलाईक्याम्पस प्रशासनको मिलेमतोमा भर्ना गराएको’ ले त्यस्ता विद्यार्थीहरूको मतदाता नामावली सूचीबाट हटाउनुपर्ने तर्कसहित हुलहुज्जत गरेको निर्वाचन आयुक्तको जिम्मेवारी पाएका कृष्णगोपाल अधिकारीले जानकारी दिए ।

'पाँच बज्न १० मिनेट बाँकी छँदा नेविसब्घका भाइहरू आएर विवाद झिके’ निर्वाचन आयुक्त अधिकारीले फोनसम्पर्कमा भने, ।'सब्गठन प्रमुख प्रवेश पौडेल भन्ने भाइले ढोका ड्याम्म हिर्काएर ढोका फोडेर टेबुलमा भएका कागजपत्रहरू जफत गरेर जलाए । निर्वाचन कार्यालय तालाबन्दी गरेर गए ।’ नेविसब्घका विद्यार्थीहरूको स्ववियु निर्वाचनको सुरुवातदेखि नै मतभेद रहँदै आएको थियो । गत फागुन १४ गते क्याम्पस प्रमुख र क्याम्पसको प्रवेशद्वारमा तालाबन्दी पनि गरेका थिए । विभिन्न राजनीतिक दलहरू, क्याम्पस प्रशासन, क्याम्पसमा रहेका प्रगतिशील, प्रजातान्त्रिक प्राध्यापक सब्घहरूको सर्वपक्षीय भेलाले क्याम्पसको प्रवेशद्वारमा लागेको तालाबन्दी चाहिँ खोलिएको थियो । त्यसबीचमा प्रगतिशील, प्रजातान्त्रिक र माओवादी केन्द्र निकट सम्मिलित एउटा छानबिन समिति पनि बनेको थियो । उक्त छानबिन समितिले अनियमित र फर्जी विद्यार्थीहरूको भर्ना रद्द गरी अन्तिम नामावली प्रकाशन गर्ने भनी 

जिम्मेवारी पाएको थियो । उक्त समितिले गरेको निर्णयलाई चुनावमा सहभागी सब्गठनहरूले स्वीकार गर्ने सहमति पनि भएको र त्यसमा सबै सब्गठनका प्रमुखले हस्ताक्षर पनि गरेको आयुक्त अधिकारी बताउँछन् ।

उनका अनुसार उक्त छानबिन समितिले ३ जना विद्यार्थी अनियमित देखिएकाले हटाइएको प्रतिवेदन दिएको थियो । स्ववियु निर्वाचनमा कुल २ सय १४ जना मताधिकार प्राप्त विद्यार्थी थिए । जसमा तीनजनाको नाम हटाएपछि २ सय ११ जनाको अन्तिम नामावली प्रकाशन गरिएको आयुक्त अधिकारी बताउँछन् ।

'अन्य दुई सब्गठनले मनोनयन पत्र लिएर गएका थिएँ’–उनले भने । नेविसब्घले बीए प्रथम वर्षमा भर्ना भएका ८४ जना विद्यार्थीको विषयमा विवाद उठाउँदै आएको थियो । नेविसब्घका क्याम्पस इकाई सभापति प्रवेश पौडेलले क्याम्पस प्रशासनको मिलेमतोमा फर्जी भर्ना गरिएको दाबी गरे । उनले भने, 'चुनावी प्रयोजनका लागि मात्रै सरकारी स्कुलमा पढाइरहेकाहरू भर्ना गरिएको छ । कतिपय एमएको ब्याक दिइरहेकाहरूलाई बीएमा भर्ना गरिएको छ । यस्ता अनियमित विद्यार्थीहरू हुँदैन भन्ने हाम्रो कुरा थियो । त्यसलाई सुनुवाइ गरिएन ।’ उनका अनुसार क्याम्पस प्रशासन र छानबिन समितिले पनि यस विषयमा पूर्णरूपमा बचाउ गरेको उनको दाबी छ । छानबिन समितिले दिएको प्रतिवेदनमा चित्त नबुझेकाले पनि आफूहरूले दाबीविरोध गरेको उनले बताए ।

तर, निर्वाचन आयुक्त अधिकारीले भने, ‘दाबी विरोधका लागि समय थियो, आज त मनोनयन पत्र मात्रै लाने विषय थियो । तर, विवाद झिकियो ।’ उनले प्रशासनले के निर्देशन दिन्छ सोहीअनुसार अगाडि बढ्ने बताए । ‘प्रक्रिया त अगाडि बढ्छ नै । हामीसँग सुरक्षित रूपमा कागजात छन् । ओसी कपीहरू छन् । अब विद्यार्थीहरूलाई आवश्यक छैन भने त हाम्रो भन्नु केही छैन’–उनले भने ।

नेविसङ्घका पौडेलले भने, ‘सरकारी सेवामा भएकाहरूको नाम काटियोस् भनेर भनेका हौँ । त्यस्ता १२ जना छन् । अवैधानिकलाई खारेज गरी चुनावी प्रक्रिया अगाडि बढाउनू भनेका हौँ ।’ धरानको पिण्डेश्वर यसपटक मात्रै हैन, चुनावका कारणले ६ महिनासम्म बन्द भएको क्याम्पसमा पर्छ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको आङ्गिक क्याम्पस रहेको विद्यापीठमा चुनावका बेला लामो समय तालाबन्दी र बन्द हुने गरेको थियो । यसपटक फेरि त्यही लक्षण देखिँदै छ । वि.सं. २०६५ सालदेखि स्ववियुको निर्वाचन हुन सकेको छैन ।