श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०७९ साल फागुन २८ गते आइतबार, १२ मार्च २०२३, नलनाम संवत्सर । चैत्र कृष्णपक्षको पञ्चमी तिथि २२ः१८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र स्वाती ०८ः११ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः१७ बजे र सूर्यास्त ०६ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रबल इच्छाशक्तिले लक्ष्यमा पु¥याउनेछ । लगनशीलताले नयाँ–नयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन हानि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा खर्च बढ्नेछ । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नु पर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन् । व्यावहारिक समस्याले नयाँ योजना रोकिन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती पन्छाएर काम सफल पार्न सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले अग्रता दिलाउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुरुजनको साथ–सहयोग जुट्नेछ । दीर्घकालीन महŒवका काममा निर्णय लिन हतार नगर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारीमा समस्या आउनाले सम्झौता भङ्ग हुनसक्छ । तत्काल गोप्य योजना सार्वजनिक नगर्नुहोला ।